शुक्रबार , कार्तिक १४, २०७७

सेजुवाल र कुँवरलाई कोरोना संक्रमण पुष्टि

सेजुवाल र कुँवरलाई कोरोना संक्रमण पुष्टि

२५ असोज, जुम्ला ।  चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो ।

पूर्वराज्यमन्त्री समेत रहेकी कुँवरले भनिन, “उच्च ज्वरो आइ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु ।” नगरप्रमुख सेजुवालले संक्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिइन ।

यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई संक्रमण भएको थियो । उनीहरु सबै जना कोरोनाबाट मुक्त भइसकेका छन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय