रियान र राहुल चम्किदा हैदरावादमाथि राजस्थानको जित
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार १:५८:७
२५ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । दुबईमा भएको रोमाञ्चक खेलमा राजस्थानले हैदरावादलाई अन्तिम ओभरको पाँचौ बलमा ५ विकेट गुमाएर हराएको हो ।
राजस्थानका लागि राहुल टेवटिया र रियान प्रगले उत्कृष्ट प्रदर्शन गरे । दुवै जनाले उत्कृष्ट सम्हालिएर व्याटिङ गर्दै जितका लागि ८५ रनको साझेदारी गरेका थिए । राहुलले ४ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए । उनले रशिद खानको अन्तिम ओभरमा लगातार ३ चौका हानेर जितको आधार तयार तयार पारेका थिए । सोही कारण उनी म्यान अफ द म्याच बने ।
रियानले भने अन्तिम दुई बलमा २ रन चाहिएका बेला छक्का हानेर राजस्थानको जित सुनिश्चत गरे । २६ बल खेलेका उनले दुई चौका र दुई छक्का हानेर ४२ रनमा नटआउट रहे । कप्तान स्टिम स्मिथ र पहिलो खेलमै ओपनिङ गर्न आएका बेन स्टोक्स भने चलेनन् । सञ्चु स्यामसनले २५ रन बनाउँदा रोविन उथप्पले १८ र जोश बटलरले १६ रन जोडे ।
हैदरावादका रशिद खान र खलिल अहमदले दुई दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो । उसका लागि मनिष पाण्डेले ५४, कप्तान डेभिड वार्नरले ४८ र केन विलियमसनले अभिजित २२ रन बनाए ।
राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनादकान्तले एक एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
जितसँगै राजस्थान ७ खेलबाट ६ अंकका साथ तालिकाको छैटौ स्थानमा उक्लिएको छ । हारेपनि नेटरनरेटका आधारमा हैदरावाद भने पाँचौ स्थानमा कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार