अब दिपायलबाट हप्तामा एक दिन हवाई उडान हुने
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २०:३४:४८
२६ असोज, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ ।
दिपायल–धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो ।
जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । विमानस्थलमा भएका सञ्चार उपकरणको पनि मर्मतकार्य भइरहेको छ । कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढिका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ ।
प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढीसम्मको टिकट रु तीन हजार २०० तोकिएको छ । टिकटका लागि दिपायल पिपल्लामा रहेको होटल रिभर साइडमा पाइने व्यवस्था मिलाइएको होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार