चीनले पाँच दिनमा ९० लाखको कोरोना परीक्षण गर्ने
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार १:११:५७
२६ असोज, चीन । चीनले पाँच दिनमा पूरै शहरको कोरोना भाइरस परीक्षण गर्ने भएको छ । चीनको चिङ्डाओ नगरले पाँच दिन लगाएर आफ्ना सबै ९० लाख जनसङ्ख्याको कोरोना भाइरस परीक्षण गर्ने भएको हाे । विदेशबाट आएका कोरोना भाइरस संक्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण गर्न लागिएको छ ।
गत मे महिनामा चीनले एक करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान शहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोना भाइरसको सामूहिक परीक्षण गरिएको थियो। चीनमा कोरोना भाइरस सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेको बताइन्छ। तर संसारका अन्य धेरै देशमा कोरोना भाइरस तीव्र गतिमा बढिरहेको छ। उनीहरुले विभिन्न चरण र प्रकृतिका लकडाउनका व्यवस्थाहरू गरेका छन्।
चीनको सामाजिक सञ्जालको वेबसाइट वेइबोमा राखिएको एउटा वक्तव्यमा चिङ्डाओ नगरको स्वास्थ्य आयोगले त्यहाँ छ जनामा नयाँ संक्रमण र ६ जना विनालक्षणका संक्रमितहरू भेटिएको उल्लेख गरेको बीबीसी जनाएको छ ।
ती सबै संक्रमितको सम्बन्ध एउटै अस्पतालसँग देखिएको सरकार सञ्चालित सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। संवाददाताहरूका अनुसार अब कोरोना भाइरस सङ्क्रमणको सापेक्षित रूपमा सानो नै भएपनि नयाँ समूह अथवा क्लस्टर फेला परेमा उक्त इलाकामा सामूहिक परीक्षण गरिने नयाँ रणनीति चीनका अधिकारीहरूले बनाएका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार जनाएअनुसार पाँच दिनभित्रै सम्पूर्ण शहरको परीक्षण गरिने भएको छ । शहरका स्वास्थ्यकर्मी र अस्पतालहरूमा नयाँ भर्ना भएका समेत गरी झन्डै १ लाख १४ हजार ८ सय ६२ जनाको कोरोनाभाइरस परीक्षणपछि नेगेटिभ नतिजा आइसकेको चिङ्डाओको स्वास्थ्य आयोगले जनाएको छ।
समाचारका अनुसार परीक्षण केन्द्रहरू बिहान ७ बजेदेखि रातिको ११ बजेसम्म खुला रहने छन् । नयाँ संक्रमितहरू चीनमा सुनौलो साप्ताहिक छुट्टी भनिने अवकाशको समयपछि देखा परेका छन्, जुन समयमा करोडौँ मानिसहरूले देशभरि यात्रा गरेका थिए।
यसअघि वुहानमा १० दिनमा एक करोड १० लाख मानिसमा कोरोना भाइरस परीक्षण गरिएको चीनले जनाएको थियो। बीबीसीको तथ्य परीक्षण एकाइ रीयालिटी चेकले गरेको अनुमानअनुसार त्यस बेला त्यसरी परीक्षण गरिएकाहरूको सङ्ख्या ९० लाख हुनुपर्छ। त्यो सङ्ख्या पनि निकै ठूलो मानिन्छ।
त्यस बेला कोरोनाभाइरस परीक्षणका लागि सयौँ परीक्षण केन्द्रहरू खुला गरिएका थिए र हजारौँ कर्मचारीहरू परिचालित भएका थिए। शारीरिक अपाङ्गता भएका, वयोवृद्ध र अन्य जोखिमपूर्ण समूहमा पर्नेहरूलाई तिनका घरमा नै गएर परीक्षण गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार