सप्तरीमा एक जना सांसदसहित थप ४२ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ४:३:३२
२६ असोज, सप्तरी । जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षीया सांसद यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सांसद यादवका छोरा प्रदेश सभा सदस्य अभिषेक यादवलाई हिजो कोरोना संक्रममण पुष्टि भएपछि उनका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो । आज आएको रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सवै जना होम आइसोलेसनमा बसेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार प्रतिनिधिसभा सदस्य यादवसहित आज सप्तरीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका चार जना कर्मचारी छन् । थपिएका संक्रमित मध्ये राजविराज नगरपालिका वडा नं ६ का १७, वडा नं। ७ का १० र वडा नं ९ का पाँच जना रहेका छन् ।
त्यस्तै खडक नगरपालिका –७ का दुई, बलान बिहुल गाउँपालिका–२ का तीन र सोही गाउँपालिका–३ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए । योसँगै सप्तरीमा एक हजार ४४३ सङक्रमित पुगेको छ । तीमध्ये एक हजार १२७ जना उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार