काेराेना कहर: सखुलेन सुपथ मूल्य पसल
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १७:२७:११
२७ असोज,बागलुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भने , “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”
उनले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताए । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उनले भने चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गरे । कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन ।
पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ । सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मे पर्छ । ज्यालादारीमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । पसलमा करोडौँको कारोवार हुन्छ ।राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताए। “बजारमा चिनीको भाउ बढेको छ, यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ताको हितमा हुन्थ्यो”, उनले भने, “हामीले पनि साल्ट ट्रेडिङ र जिल्ला प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराइरहेका छौँ ।”
काठमाडौँलगायत ठाउँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्तालाई सेवा दिइरहेको उनको भनाइ छ । दशैँअघि खुलेको पसल छठसम्म खुला हुने गर्छ । अध्यक्ष श्रेष्ठले चाडबाडका बेला हुने कालोबजारीलाई रोक्न बजार अनुगमन थालिएको बताए । उनले उपभोक्ताको हित विपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटमा निजी क्षेत्रलाई समेट्न ढकालको सुझाव
बैशाख २७, २०८१ बिहिबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार