मंगलबार , कार्तिक ११, २०७७

महिला स्वास्थ्य स्वयंसेविकाले अवकाशपछि २ लाख उपदान पाउने

महिला स्वास्थ्य स्वयंसेविकाले अवकाशपछि २ लाख उपदान पाउने

२७ असोज, परासी ।  नवलपरासी ‘बर्दघाट–सुस्ता पश्चिम’को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न अवकाशपछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयंसेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।

अब नगर भित्रका महिला स्वयंसेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने न¥गर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिए । नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।

यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भने, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पु¥याएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ । ”

बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयंसेविका छन् । अवकाशपछि स्वयंसेविकालाई एकमुष्ठ रु दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ ।

समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयम्सेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय