कर्णालीमा १३१ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असोज २७, २०७७ बुधबार २:१९:३८
२७ असोज, कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरडीटी पीसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
कोरोना संक्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । “आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल सङ्ख्या चार हजार ६५१ पुगेको छ,” उनले भने, “पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”
उनका अनुसार आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा ९६१ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार