शनिबार , कार्तिक ८, २०७७

कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा

कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा

२७ असोज, चितवन । जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो ।

राप्ती नगरपालिका वडा नं। २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए ।

सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् । छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए । मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकीमा ३ महिनामै दुर्घटनाले ३९ जनाको ज्यान लियो गण्डकीमा ३ महिनामै दुर्घटनाले ३९ जनाको ज्यान लियो ६ दिन पहिले
स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य ४ दिन पहिले
नेपाल तरुण दलले दियो कैदीलाई खसी ! उपहार ढाकाटोपी नेपाल तरुण दलले दियो कैदीलाई खसी ! उपहार ढाकाटोपी २ दिन पहिले
पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे ९ घण्टा पहिले
भारतमा खुकुलो लकडाउन : संक्रमणमुक्त भएकाहरुको सङ्ख्या उच्च भारतमा खुकुलो लकडाउन : संक्रमणमुक्त भएकाहरुको सङ्ख्या उच्च ४ दिन पहिले
संक्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह संक्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह २ दिन पहिले
प्रधानमन्त्री ओलीलाई ‘रअ’का प्रमुखले भेटे, अरुलाई भेटेनन् प्रधानमन्त्री ओलीलाई ‘रअ’का प्रमुखले भेटे, अरुलाई भेटेनन् २ दिन पहिले
शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु १ दिन पहिले