बिहिबार , कार्तिक ६, २०७७

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि, राष्ट्रिय टिमबाट आउट !

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि, राष्ट्रिय टिमबाट आउट !

२७ असोज, एजेन्सी । क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेसन्स लिग फुटबल प्रतियोगिताका क्रममा फ्रान्ससँगको खेलपछि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनलाई रुघा र ज्वरो आउनुका साथै असहज भएको थियो । असहज भएपछि उनले कोरोना जाँच गरेका थिए । सो क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दुई दिनअघि मात्रै उनले फ्रान्ससँग खेलेका थिए ।

फ्रान्ससँगको खेलका क्रममा उनले फ्रेञ्च खेलाडीसँग खुलेर जम्काभेट गरेका थिए । सोही क्रममा उनलाई संक्रमण पुष्टि भएको आशंका गरिएको छ । युभेन्ट्सका स्ट्राइकर नेसन्स लिग खेल्ने क्रममा पोर्चुगलको राष्ट्रिय टोलीको कप्तानीमा थिए ।

तर कोरोना पुष्टि भएपछि उनी राष्ट्रिय टिम छाडेर आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय