सोमबार , कार्तिक १०, २०७७

दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

२७ असोज, स्टकहोम । आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ । यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । उनीहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्”, नोबेल कमिटीले भनेको छ ।

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकार समेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन् । यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ । शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखि बाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल एघार व्यक्तिमध्ये सात जना अमेरिकी छन् ।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन । रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताए । एपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग २३ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् ७ घण्टा पहिले
यस बर्ष कोरोनाका कारण कांग्रेसले चियापान समारोह नगर्ने यस बर्ष कोरोनाका कारण कांग्रेसले चियापान समारोह नगर्ने २४ घण्टा पहिले
पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन ८ घण्टा पहिले
आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित ७ घण्टा पहिले
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या चिर्पट प्रहार गरेर श्रीमतीको हत्या २ घण्टा पहिले
एप्पलले लञ्च गर्याे १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चकाे आइफोन एप्पलले लञ्च गर्याे १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चकाे आइफोन ७ घण्टा पहिले
स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज १७ घण्टा पहिले