शुक्रबार , कार्तिक १४, २०७७

चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना

चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना

२८ असोज, भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिए । उनले ने, “दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौ”, उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिकरूपमा मङ्गलबार उद्घाटन गरे । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटनजस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिकरुपमै कार्यको शुभारम्भ भएको घोषणा गरे। सो अवसरमा प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकाले सोहीअनुरुप मनाउन आग्रह गरे । उनले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनुपर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे । उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारको निर्देशनअनुरुप नै यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताए । उनले चाडबाडका बेला बसमा हुने विभिन्न घटना रोक्न महासंघ पनि तयारी अवस्थामा रहेको भन्दै सयायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने ट्राफिक प्रमुख भट्टले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ३ घण्टा पहिले
फरार पाँच प्रतिवादी पक्राउ, कारवाहीका लागि अदालतमा पेश फरार पाँच प्रतिवादी पक्राउ, कारवाहीका लागि अदालतमा पेश ५ घण्टा पहिले
विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख, अमेरिका, भारत र ब्राजिल धेरै प्रभावित ५४ मिनेट पहिले
दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम २ घण्टा पहिले
विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन २ घण्टा पहिले
बिपीमा कोभिड–१९ अस्पतालमा चरम लापरवाही बिपीमा कोभिड–१९ अस्पतालमा चरम लापरवाही १७ घण्टा पहिले
प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार १ घण्टा पहिले
आजदेखि बडादशैँ समापन हुँदै, कोजाग्रत पूर्णिमा आज परे पनि व्रत भने शनिबार आजदेखि बडादशैँ समापन हुँदै, कोजाग्रत पूर्णिमा आज परे पनि व्रत भने शनिबार ७ घण्टा पहिले