कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २१:५५:२७
२८ असोज, भजनी । लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मंगलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उनी निराश थिए ।
बिहान ४ बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयले दैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सकेनन । तैपनि कुनै विकल्प भइहाल्ने कि ? भन्ने आशामा उनी दिनभर मालपोत कार्यालय परिसरमै रहे । तर, काम भएन ।
“मालपोतले कुपन वितरण गर्छ । तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्”, हीरासिंहले भने, “हामी सर्वसाधारणका लागि धेरै ठूलो सास्ती छ । न त कसैसँग पहुँच छ न त हाम्रो कुरा कसैले सुन्छ ।” उनले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोत कार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बताए ।
त्यस्तै, भजनी नगरपालिका–६ बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेको बताए । “मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको छ”, उनले भने, “नियम बदलिन्छ थाहै हुँदैन । आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी त सुरक्षित रहलान् । तर, सेवाग्राहीको जिम्मेवारी कसले लिने ?”
मालपोत कार्यालय टीकापुरले असोज १ गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको छ । मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड हुन थालेपछि असोज ४ गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त नियम दुई दिन पनि टिक्न सकेन । त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू ग¥यो । त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन ।
पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु ग¥यो । त्यसमा पनि अत्याधिक भीडभाड हुन थालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको छ । अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति ३ बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन् ।
मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान ३ बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताए । उनले बन्दाबन्दीका कारण हजारौं सेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुने बताए ।
“रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुप¥यो ? कुपन प्रणालीले झनै जोखिम निम्त्याएको छ”, अध्यक्ष शर्माले भने, “यदि कुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम हुनसक्छ ।”
मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तन गर्नुपरेको बताए । उनले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्च जोखिममा रहेको बताए । “हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं”, उनले भने, “अझै पनि सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न सकेका छैनौँं । त्यसमा पनि प्रतिलिपि र निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं ।”
अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको छ । प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार