बुधबार , कार्तिक १२, २०७७

कांग्रेस बीपीले सरकारविरुद्ध शुक्रबार विरोध प्रदर्शन गर्ने

कांग्रेस बीपीले सरकारविरुद्ध शुक्रबार विरोध प्रदर्शन गर्ने

२८ असोज, काठमाडौं । नेपाली कांग्रेस बीपीले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध शुक्रबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । बीपीले पर्सी दिउँसो १ बजे माइतीघर मण्डलामा भ्रष्टाचार र प्रतिपक्ष दलको मौनताको विरोध गर्दै विरोध प्रदर्शन गर्न लागेको हो ।

कार्यालय सचिव सुशीलराज वाग्लेका अनुसार सरकारविरुद्धको सोही विरोध प्रदर्शनमा नेपाली कांग्रेस बीपीका नेता कार्यकर्ता, देशभक्त, राष्ट्रप्रेमी सबै आम-जनसमुदाय सहभागी भइदिन आग्रह गरेको छ ।

कार्यालय सचिव वाग्लेद्धारा आज जारी विज्ञप्तिमा निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कारपछि हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हँदैसम्मको कारबाही माग गर्ने, कुलमान घिसिङलाई पुर्न विद्युत प्राधिकरणको निर्देशकमा नियुक्तिको माग गर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अविलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रियकरणको माग गर्न, हुम्ला लगायत भारत र चीनसँग जोडिएका सीमासम्बधी विवाद समाधानका लागि अविलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद लगायत १४ बुँदे माग गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय