ट्रम्पका कान्छो छोरा ब्यारन संक्रमण मुक्त
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १४:२:४९
२९ असाेज, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको खुलाएकी हुन् ।
कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । प्रथम महिला मिलानियाले ब्यारन संक्रमित भएपछि आफ्नो त्रास यथार्थमा परिणत भएको उल्लेख गरेकी छन् ।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।
सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ । अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ । बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार