आइतबार , कार्तिक १६, २०७७

रोनाल्डोबिनाको पोर्चुगलले स्वीडेनलाई हरायो

रोनाल्डोबिनाको पोर्चुगलले स्वीडेनलाई हरायो

२९ असोज, एजेन्सी । पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा स्वीडेनलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले स्विडेनलाई ३–० ले हराएको हो ।

कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो एकान्तवासमा गएका छन् । पोर्चुगल आफ्ना कप्तान बिना मैदान उत्रिएको थियो । पोर्चुगलको जितमा म्यान्चेष्टर युनाईटेडका बर्नार्डो सिल्भा र लिभरपुलका फरवार्ड डिएगो जोटाले गोल गरे ।

खेलको २१ औं मिनेटमा जोटाको पास सदुपयोग गर्दै सिल्भाले पोर्चुगललाई अघि बढाएका थिए । पहिलो हाफको एक मिनेट अघि जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए । विलियन कार्भाल्होको पासलाई सदुपयोग गर्दै जोटाले पोर्चुगललाई ३–० को अवस्थामा पुर्याएका थिए ।

समूह ए थ्रीको शीर्ष स्थानमा रहेको पोर्चुगल अपराजित रहदै १० अंक जोडेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय