शुक्रबार , कार्तिक ७, २०७७

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

२९ असोज, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ । “उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्छन”, उनले भने, “चिकित्सकका अनुसार उनको रक्तचाप पनि सामान्य रहेको छ ।” उनको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय