शुक्रबार , कार्तिक १४, २०७७

बलात्कार गर्ने पुरुषमाथि खुकुरी प्रहार !

बलात्कार गर्ने पुरुषमाथि खुकुरी प्रहार !

२९ असोज, विराटनगर । २८ बर्षीया बर्षा (नाम परिवर्तन) धनकुटा बजारमा छोरासँग बस्दै आएकी थिइन् । श्रीमान रोजगारीका लागि खाडी गएका थिए । घरमा बर्षा पछिल्लो दुई बर्षदेखि एक्लै बस्दै आएकी हुन् ।

गुरुङ थरकी उनी हेर्दा राम्री मात्रै होइन, बोलीचालीमा पनि अरुभन्दा फरक थिइन् । यत्तिकैमा छिमेकी लिलबहादुरको आँखा लाग्यो । उनले दैनिक बर्षालाई लुकेरै हेर्थे । मौका भेट्यो कि उनी जिस्क्याउथे । यो क्रम पछिल्लो दुई महिनादेखि चलेकै थियो ।

तर पनि बर्षाले कसैलाई भनेकी थिइनन् । लिलबहादुरलाई पनि उनले भाउ दिएकी थिइनन् । परदेशी श्रीमानको बाटो हेरेर बसेकी थिइन् । छोराको अनुहार हेरेर उनले जीवन अगाडी बढाएकी थिइन् । तर लिलबहादुरले पीछा गर्न छाडेनन् ।

बेला बेला उनले फोन गरेर समेत बर्षालाई फकाउने प्रयास गर्थे । तर पनि उनको प्रयास सफल भएको थिएन् । अनि उनी रिसकै बेगमा चुरोट र रक्सी खान थालेका थिए । रक्सी खाएर उनी बुधबार मध्यराती बर्षाको कोठातर्फ मोडिए ।

आज जसरी पनि आफ्नो यौनप्यास मेट्ने भन्दै बर्षाको घरमा पुगेका उनले शुरुमा ढोका ढकढक गरे । त्यसपछि थप आग्रह गरे । तर बर्षाले बेवास्ता गरिरहिन् । रक्सीकै तालमा उनले बल लगाएर ढोका फोडे ।

मध्यरातमा छिमेकीले भने यो कुरा सुनेर पनि बेवास्ता गरिरहे । त्यसपछि मातेकै बेलामा लिलले ढोका फोडेर बर्षामाथि जबर्जस्ती गर्न खोजे । रिसले असह्य भएकी बर्षाले नजिकै रहेको खुकुरीले लिलमाथि प्रहार गरिन् ।

बर्षा रिसाएर खुकुरी हानेपछि उनी डराए । अनि त्यत्तिकैमा ढोकाबाट निस्केर आफ्नो घरतिर लागे । तर उनी घर नपुग्दै बाटोकै नहरमा ढले । घाउ लागेको थाहा नपाएपनि उनको शरीरबाट रगत धेरै बगेपछि मृत्यु भएको आशंका गरिएको छ ।

प्रहरीले भने बर्षालाई पक्राउ गरेर थप अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय