के आधारमा भए त उनीहरु मन्त्री ?
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १९:३०:५९
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीनजना मन्त्रीलाई जिम्मेवारी दिएसँगै दुई जनाको कार्यविभाजन फेरिदिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको जिम्मेवारी फेरबदल भएको छ । उनीहरुको जिम्मेवारी बदली गर्दा दुई थरि विचार बजारमा आएका छन् । ईश्वरलाई घटुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लगिएको हो भने पार्वतलाई पुरष्कार दिएर सञ्चार तथा सूचना प्रविधिको जिम्मा दिइएको हो ।
यस्तै थपिएका तीनजना मन्त्रीहरुको बारेमा समेत राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । आखिर प्रधानमन्त्री ओलीले किन यस्तो निर्णय गरे, यसका पछाडि लुकेको रहष्य के हो ? यसबारे नेकपा भित्रै कसरी बहस हुने गरेको छ ,एकपटक चर्चा गरौं । सबैभन्दा पहिला ईश्वरकै कुरा । प्रधानमन्त्री ओली सुरुदेखि नै ईश्वरलाई मन्त्री बनाउन चाहन्नथे ।
किनभने उनमा अत्यधिक महत्वकांक्षा बढेको अनुभूति ओलीले गरेका थिए । ओलीकै राजनीतिक उत्तराधिकारीका रुपमा उनले आफूलाई प्रस्तुुत गर्न थाले । ओली प्रधानमन्त्री भएलगत्तै ईश्वरले अर्थसहित उपप्रधानमन्त्री दाबी गरे । तर ओली त्यसका लागि सहमत भएनन् । त्यसपछि उनले गृहको प्रस्ताव गरे । त्यो पनि पूर्व माओवादीको भागमा परेको भन्दै मुन्टो बटारे । त्यो नपाए कुनै विकासे मन्त्रालयको माग उनले गरे । तर ओलीले कानमा बतास लगाएनन् ।
त्यसपछि ईश्वरले राष्ट्रपति विद्यादेवी भण्डारी गुहारेर रक्षामै चित्त बुझाए । मन्त्री बनेपछि ईश्वरले ओलीलाई आँखा चिम्लेर सहयोग त गरे । तर त्यसको नाजायज फाइदा उठाएर ओलीकै बद्नामसमेत गरे । ओम्नी समूह र यति होल्डिङ प्रकरणमा ईश्वरको प्रत्यक्ष संलग्नता थियो । तर ओलीले आफुलाई सहयोग गरिरहेकाे भन्दै आँखा चिम्ले ।
पछिल्लो अवस्थामा सबैतिरबाट उनको विरोध हुन थाल्यो । त्यसैले यसपाला हटाउनै चाहन्थे । फेरिपनि राष्ट्रपतिको दवावमा उनलाई मन्त्रिपरिषद सचिवालय पठाइएको छ । यो ईश्वरको सम्मान हो की अपमान उनी आफैं अलमलमा छन् ।
अब चर्चा गरौं नवनियुक्त अर्थमन्त्री पौडेलको । पौडेल नेकपा वृत्तमा ज्यादै बद्नाम छन् । खासगरी विचौलियाको पक्षपोषक र ललिता निवास प्रकरणका नाइके मध्येका पौडेललाई ओलीले पुरष्कृत गरेकोमा नेकपा वृत्तमा व्यापक असन्तुष्टी छ । साथै, लुम्बिनी प्रदेशको राजधानी भालुवाङ सार्न ओलीलाई साथ दिएको बदलामा मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा अर्थमन्त्री हत्याएको आरोप पनि छ । जेहोस् राजनीतिक रुपमा ओली सफल भएपनि नैतिकताको कसीमा भने पौडेलको नियुक्तिले नयाँ विवाद खडा गरिदिएको छ ।
महिला बालबालिकाबाट सञ्चारमा पुगेका पार्वत कार्यसम्पादन मूल्याङ्कनमा कमजोर थिए । तर गोकुल बाँस्कोटाहरुको जोडबलमा उनलाई सञ्चारमा बढुवा गरियो । ओलीले पार्वतलाई सञ्चारमा लगेर फेरि पनि गोकुलकै इशारामा चलाउने सन्देश दिएका छन् । साथै, आफ्ना हली गोठालालाई जस्तै अवस्थामा पनि पुरष्कृत गर्ने उनको चाहना प्रष्ट भएको छ ।
अर्का, मन्त्री लीलानाथ श्रेष्ठ सिराहाका नेता हुुन् । यसअघि भएको संविधानसभा चुनावमा उनी नियोजित रुपमा माओवादी अध्यक्ष प्रचण्डसँग हारेको परिणाम लादियो । त्यसविरुद्ध उनले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । तर नेताहरुको मिलेमतोमा उनको माग दाबी फासफुस पारियो । तिनै श्रेष्ठलाई एक्कासी मन्त्री बनाएर ओलीले प्रचण्डलाई मनोबैज्ञानिक सन्देशसमेत प्रवाहित गरेका छन् । लीलालाई मन्त्री बनाउने सुइँकोसम्म दिएका थिएनन् ओलीले ।
उपत्यकाबाट ओलीको हनुमानगिरी गरिरहेका कृष्णगोपाल श्रेष्ठले समेत अहिले मौका पाए । नेताहरुबीच सहमति बनेको थियो भने अहिल्यै कृष्णगोपालले मन्त्री बन्ने मौका नपाउन सक्थे । ओलीलाई साथ दिंदै आएका उनी चर्का नेता मानिन्छन् । कार्यक्षमता भन्दा पनि हनुमानगिरी नै उनको शक्ति हो ।
यसरी हेर्दा ओलीले फेरबदल गरेका सबै मन्त्री कुनै न कुनै दृष्टिले कमजोर नै देखिन्छन् । तैपनि आफ्नो शक्ति र अधिकार स्थापित गर्न ओलीले यस्तो काम गरेका छन् । ओलीको कार्यशैलीप्रति प्रचण्डलगायत शीर्ष नेताहरुले जति नै आलोचना गरेपनि कुनै बिगार गर्ने हैसियत भने राख्दैनन् । त्यसैले पनि ओलीले अहिले आफू अनुकूलका व्यक्ति थप गरेर एकलौटी अघि बढ्ने प्रष्ट संकेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार