सोमबार , कार्तिक १०, २०७७

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

२९ असोज, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।

बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताए। गाउँ नजीकको अर्को गाउँ माजसम्म बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा रु ८० हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ ।

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले रु आठ लाख छुट्टयाएको भए तापनि सदुपयोग नभएर खेर गएको छ । कार्यालयले गाउँबासीलाई निशुल्क मिटरबक्स दिनका लागि रु आठ लाख छुट्याए पनि रु चार लाख खम्बामा खर्च भएको र रु चार लाख उपभोक्ताका खातामा बाँकी छ कि खर्च भयो भन्न्े थाहा नभएको वडाध्यक्ष बुढाले बताए ।

विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पु¥याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताका छन् ।

दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदूरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गरे । स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोेकेर गाउँ पु¥याएका थिए । “ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो”, किरणले भने ।

बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२ कामदारले करीब रु पाँच लाख बराबर ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग छन् ।

सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिइने किरणले चेतावनी दिए । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय