शुक्रबार , कार्तिक ७, २०७७

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

२९ असोज, काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कान्छो प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंको म्यारियट होटल, नक्सालमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा भएको सो साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

२०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय