आइतबार , कार्तिक १६, २०७७

सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु

सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु

२९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मापदण्डको ८ नम्बर बुँदा कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।

कोरोना संक्रमणको डरलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा विभेद हुने र नेपालको संविधानमा भएको समानताको हकको पनि उल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लिखित जवाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आदेश दिएको छ ।

साथै सर्वोच्चले यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सङ्क्रमित व्यक्तिलाई परीक्षाबाट नरोक्न र उनीहरुको गोपनीयता भङ्ग नहुने गरी वैकल्पिक व्यवस्थासहित परीक्षाको वातावरण मिलाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी १८ घण्टा पहिले
रोनाल्डो कोरोना संक्रमणबाट मुक्त रोनाल्डो कोरोना संक्रमणबाट मुक्त २४ घण्टा पहिले
बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन १३ घण्टा पहिले
कोरोना कहरकैबीच आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै कोरोना कहरकैबीच आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै २१ घण्टा पहिले
दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु १६ घण्टा पहिले
अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी १६ घण्टा पहिले
 पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक  पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक १७ घण्टा पहिले
पदमार्गमा भालुको आक्रमण बढ्दै, सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह पदमार्गमा भालुको आक्रमण बढ्दै, सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह १२ घण्टा पहिले