कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार १३:४८:१७
३० असोज, कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन ।
जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।
“घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।” प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ ।
चाडपर्वका अवसरमा जुवातास र गैरकानूनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ ।राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ ।
पटाका, आतिसबाजीलगायत विष्फोटक पदार्थ ओसारपसार गर्ने, ध्वनि प्रदूषणलगायत कुनै पनि चर्को स्वरमा माइक बजाउने कार्यमा पूर्णरूपमा रोक लगाइएको छ । राजमार्गलगायत कुनै पनि स्थानमा सवारी साधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानूनी कारवाही गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार