आइतबार , कार्तिक १६, २०७७

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

३० असोज, भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो ।

जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उनले बताए । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । “चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ”, उनले भने, “यसलाई पछिसम्म निरन्तरता दिनेछौँ ।” उनले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुनसमेत अनुरोध गरे ।

ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ । चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्डसमेत राखेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बडादशैँको अन्तिम दिन जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा बडादशैँको अन्तिम दिन जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा १८ घण्टा पहिले
अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी १० घण्टा पहिले
मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पीसीआर परीक्षण हुने मजदुरको आन्दोलन स्थगित, ६९ जनाको पीसीआर परीक्षण हुने ७ घण्टा पहिले
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति ११ घण्टा पहिले
यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने ९ घण्टा पहिले
अब सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही अब सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही ६ घण्टा पहिले
टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त ११ घण्टा पहिले
घुइँयाघाटबाट लागुऔषधसहित एक जना पक्राउ घुइँयाघाटबाट लागुऔषधसहित एक जना पक्राउ ८ घण्टा पहिले