आइतबार , कार्तिक १६, २०७७

अब कोरोनाको लक्षण देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसनमा बस्न पाउने

अब कोरोनाको लक्षण देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसनमा बस्न पाउने

३० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा रिपोर्ट पोजेटिभ आएमा मात्र क्वारेन्टाइनमा वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएकाे हाे ।

स्वास्थ्य मन्त्रालयको असोज २९ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बस्न पाइने व्यवस्था गरेको हो । यसअघि कोभिड अस्पतलमा खटिने चिकित्सकहरु एकसाता वा १५ दिनको लगातारको ड्युटीपछि दुई साता पुन क्वारेन्टाइनमा बस्ने गरेका थिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु अहिले संक्रमितले भरिएका छन् । कोरोना संक्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय