बिहिबार , कार्तिक ६, २०७७

ललितपुरको महालक्ष्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुरको महालक्ष्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

३० असोज, ललितपुर । कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

महालक्ष्मीमा आज दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २६९, सक्रिय सङ्क्रमित ३४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय