८० प्रतिशतमा खोप : ५० प्रतिशत स्वास्थ्यचौकीमा प्रसूति
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार ३:२४:१६
३० असोज, सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या, नियमित बालबालिकामा लगाइने खोप, औषधि पुगनपुग लगायत विषयको समीक्षा गरीएको रिप स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रसिंह कार्कीले बताए ।
नेपाल सरकारको नियमअनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पु¥याउनुपर्ने भए तापनि भौगोलिक विकटताका कारण समयमै औषधि नपुगेकाले सोचअनुरुप हुन नसकेको उनले बताए । माग फारामअनुसार औषधि र खोप नपुग्नु, ढुवानीलगायत समस्याका कारण लक्ष्यसम्म पुग्न नसकिएको जनाइएको छ ।
पछिल्लो समय स्वास्थ्यचौकीमा प्रसूति गराउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ । यातायातको असुविधा र अन्य विविध समस्या भए पनि सोही पालिकाका सायाँ, रिप, उनापानी, जैरलगायत गाउँका प्रायः महिला स्वास्थ्य संस्थामा आएर प्रसूति हुने गरेको कार्कीले बताए । भौगोलिक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतनाको अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्नु र चासो नदिएका कारण सोचेअनुरुप काम गर्न नसकिएको कार्कीले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार