शनिबार , कार्तिक ८, २०७७

कांग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

कांग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

३० असोज, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

कांग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिंदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको जनाएको छ ।

समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन आज सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ ।

सो अवसरमा सभापति शेरबहादुर देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर रहेको बताएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा.प्रकाशशरण महतले जानकारी दिए । सभापति देउवाले कोरोना महामारी फैलिरहेको भएपनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको टिप्पणी गर्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अविलम्व व्यवस्था गर्न समेत माग गरेको छ ।

आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको समितिद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

कोरोनाबाट अति प्रभावित गरीब परिवारलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरेको सहमहामन्त्री डा। महतले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु १३ घण्टा पहिले
नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस् : नवीन्द्रराज जोशी नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस् : नवीन्द्रराज जोशी १९ घण्टा पहिले
रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ५ घण्टा पहिले
दिलमा सजाउँदै आए गायक युवराज चौलागाईं दिलमा सजाउँदै आए गायक युवराज चौलागाईं ५ घण्टा पहिले
सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य ५ घण्टा पहिले
पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता ७ घण्टा पहिले
लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स ४ घण्टा पहिले
सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा हेर्दै ग्राहक सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा हेर्दै ग्राहक ८ घण्टा पहिले