शुक्रबार , कार्तिक १४, २०७७

गुल्मी प्रहरीद्धारा ८ क्विन्टल गाँजा नष्ट

गुल्मी प्रहरीद्धारा ८ क्विन्टल गाँजा नष्ट

२ कात्तिक, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाकाे सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको हो ।

प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हाे । लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरिएकाे हाे ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय