मिर्गौलापीडितलाई साढे ६ लाख सहयोग
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १४:४७:४६
२ कात्तिक, दमौली । दुवै मिर्गौला फेल भएर डायलासिस गरारहेका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ । अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहेका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।
उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरे । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।
यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ । सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए ।
मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताए । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आएका छन । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पथ्र्यो, देश तथा विदेशबाट सहयोग जुटाइदिने सबैप्रति आभारी छु”, उनले भने, “अब बाँच्ने आशा पलायो ।”
मन्दिर स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष
व्यास नगरपालिका–५ सिर्दीमा रहेको सत्यवती गुफाको स्तरोन्नतिका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । समुदायस्तरबाट रकम सङ्कलन गरी मन्दिरमा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिए ।
स्थानीयस्तरबाट उठेको अक्षयकोष सिर्दी टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै सङ्कलित रकमले मन्दिरको स्तरोन्नति र विकासमा सहयोग पुग्ने बताए ।
एक हजार पाँच स्थानीयवासीसँग रु ३०० का दरले रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरिएको हो । सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको विशिष्ट धार्मिक विशेषता रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको दर्शन गरेमा मनले चिताएको इच्छा पूरा पण्डितले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २९, २०८१ शनिबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार