आइतबार , कार्तिक १६, २०७७

बाइस क्विन्टल बढी मटर बरामद

बाइस क्विन्टल बढी मटर बरामद

२ कात्तिक, जलेश्वर । नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो जेनरल स्टोर्समा गए राति छापा मार्दा साढे २२ क्विन्टल मटर बरामद गरिएको जनाइएको छ । बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्, त्यसको सुधार हुनुपर्छ : मुख्यमन्त्री भट्ट सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्, त्यसको सुधार हुनुपर्छ : मुख्यमन्त्री भट्ट १४ घण्टा पहिले
अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी १६ घण्टा पहिले
 पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक  पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक १८ घण्टा पहिले
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति १७ घण्टा पहिले
झापामा कोरोना संक्रमित एक वृद्धको मृत्यु झापामा कोरोना संक्रमित एक वृद्धको मृत्यु १७ घण्टा पहिले
अब सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही अब सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही १२ घण्टा पहिले
दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु १७ घण्टा पहिले
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु २१ घण्टा पहिले