बिहिबार , कार्तिक ६, २०७७

महोत्तरीका देवी शक्तिपीठहरुमा दशैँ उत्सव नहुने

महोत्तरीका देवी शक्तिपीठहरुमा दशैँ उत्सव नहुने

२ कात्तिक, महोत्तरी । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।

जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ । पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । “देवी शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना गर्नेछन्”, प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइने छैन ।”

जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ ।

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । जिल्लामा शनिबारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यो संक्रमणले जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण बढ्नुको मुख्य कारण नै भौतिक दूरी निर्वाह नहुनु र सतर्कता नअपनाइनु देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउछन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी २ दिन पहिले
एनआरएनएकाे आठौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न एनआरएनएकाे आठौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न ३ हप्ता पहिले
साम्राज्ञीभन्दा राम्री र महंगी भएकै हुन् उपासना ? साम्राज्ञीभन्दा राम्री र महंगी भएकै हुन् उपासना ? २ हप्ता पहिले
देउवाको रोजाईमा अधिवक्ता श्रेष्ठ बने जनसम्पर्क विभागको केन्द्रीय सदस्य देउवाको रोजाईमा अधिवक्ता श्रेष्ठ बने जनसम्पर्क विभागको केन्द्रीय सदस्य ४ हप्ता पहिले
सप्तरीमा संक्रमणबाट थप एकको मृत्यु सप्तरीमा संक्रमणबाट थप एकको मृत्यु ३ हप्ता पहिले
काठमाडौंकाे करुणा अस्पतालमा पर्साका स्वास्थ्यकर्मीको मृत्यु काठमाडौंकाे करुणा अस्पतालमा पर्साका स्वास्थ्यकर्मीको मृत्यु ३ हप्ता पहिले
वीरगञ्जबाट सैँतीस करोड मूल्य बराबरको मल बिक्री वीरगञ्जबाट सैँतीस करोड मूल्य बराबरको मल बिक्री ३ दिन पहिले
अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी ४ हप्ता पहिले