शुक्रबार , कार्तिक ७, २०७७

कैलालीमा सीमाक्षेत्रकाे गस्तीमा खटिएका असईको हत्या !

कैलालीमा सीमाक्षेत्रकाे गस्तीमा खटिएका असईको हत्या !

२ कात्तिक, कैलाली । कैलालीको जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । असईसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको कैलाली प्रहरीले जनाएको छ । असईको शव मोहना नदीमा फेला परेको छ । उनको शव बर्दिमै भेटिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय