स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १८:१४:४९
२ कार्तिक, स्याङ्जा । बिरुवा गाउँपालिका स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । असोज १ गते घटस्थापनाका दिन गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माद्वारा उक्त भवनको शिलान्यास गरिएको हो । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवन बाट सेवा सञ्चालन भैराखेको थियो ।
जिल्लाको उत्तर पूर्वमा रहेको यस गाउँपालिकामा आधुनिक प्रशासक भवनको निर्माणसँगै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का गत आर्थिक वर्षमा सम्पन्न भएको हो । सम्झौता अनुसार श्री गीता एंड क्रियटिभ जेभीले उक्त भवन निर्माण गर्नेछ ।
२०७७ असारमा भएको सम्झौता अनुसार १४ महिनाभित्र उक्त भवनको निर्माण कार्य सम्पन्न हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार ७ करोड ५९ लाख ७६ हजार ८८ रुपैयाँको कुल लागतमा प्रशासकिय भवन बन्न लागेको हो । उक्त भवन निर्माणकोलागि गत आर्थिक वर्षमा संघीय सरकारबाट २० लाख र प्रदेश सरकारबाट ५० लाख रुपैयाँ अनुदान स्वरुप प्राप्त भएको थियो । यसैगरी यस आर्थिक वर्षमा गाउँपालिकाले रु दुई करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।
सुवेदीका अनुसार थप रकमको लागि संघीय सरकार तथा प्रदेश सरकारद्वारा बचनबद्धता समेत प्राप्त भइसकेको छ । प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण सँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त हुने समेत आशा गरिएको बताए ।
गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले साविकको कृषि विकास कार्यालय द्वारा गाउँपालिकामा हस्तान्तरण भएको १४ रोपनी जग्गामा गुरुयोजना बनाई प्रशासकिय भवन निर्माणको सुरुवात गरिएको बताए । उनका अनुसार प्रारम्भमा प्रशासकिय भवन मात्र निर्माण हुने र थप बजेट को जोहो भएसँगै कर्मचारीहरूको लागि आवासीय भवनहरू लगायत आवश्यकतानुसार अन्य भवनहरुको समेत निर्माण हुनेछन् । आफ्नै कार्यकाल भित्र भवन निर्माण सम्पन्न हुने अपेक्षा गरेको शर्माले बताए ।
यसै कार्यकालमा सुविधासम्पन्न भवन निर्माण भए सँगै आउने कार्यकालका जनप्रतिनिधिलाई विकास निर्माण कार्यमा मात्र केन्द्रीकृत भई काम गर्न सहज हुने गाउँपालिकामा प्रवक्ता एवं वडानम्बर ८ का वडा अध्यक्ष प्रकाश थापाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति युवराज केसीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्ने जिकिर गरे । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण थापाले नयाँ भवनको निर्माणसँगै सेवा प्रवाहमा प्रभावकारिता आउने अपेक्षा समेत गरेको बताए । सम्झौता अनुसार काम भएमा २०७८ असोज मसान्त भित्रमा निर्माण सम्पन्न हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार