शुक्रबार , कार्तिक ७, २०७७

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : सयुक्त राष्ट्रसघीय अधिकारी

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : सयुक्त राष्ट्रसघीय अधिकारी

२ कात्तिक, काबुल । एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।

अल कायदा र तालिबानी सम्बन्धको सयुक्त राष्ट्रसघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिए । उनले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिए ।

यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती सयुक्त राष्ट्रसघीय अधिकारीले यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिए ।

हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ । एएनआई

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय