सोमबार , कार्तिक १०, २०७७

प्रदेश २ मा एक हजार जनालाई प्रहरीमा जागिर खुल्दै

प्रदेश २ मा एक हजार जनालाई प्रहरीमा जागिर खुल्दै

२ कात्तिक, जनकपुरधाम । संघीय सरकारले अनुमति नदिएपनि प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्ना लिने घोषणा गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दशैँ, तिहार र छठपछि प्रहरी भर्ना थालिने बताएका हुन् ।

आइतबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिएसँगै प्रदेशमा प्रहरी भर्नाको तयारी औपचारिक रुपमै शुरु भएको हो । पहिलो चरणमा प्रदेश सरकारले पहिलो चरणमा ७ सयदेखि १ हजार प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

९ हजार ६ सय ५४ जना प्रहरीको दरबन्दी रहेकोमा ७ हजार ३ सय ३५ जना मात्रै कार्यरत छन् । रिक्त दरबन्दीमा पदको पूर्ति गर्नका निम्ति भर्ना आह्वान गर्ने तयारी भएको हो । प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने मन्त्री यादवको भनाई छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय