विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ सोमबार २:३९:०
२ कात्तिक, काठमाडौं । गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ ।उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षति भएको जनाए ।प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ । पहिरोबाट अनुमानित रु पाँच करोड ९ लाखको क्षति भएको छ ।
त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ । चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले रु ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै रु पाँच करोडको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार