बिहिबार , कार्तिक १३, २०७७

ठूलो मात्राको खैरो हिरोइनसहित चार पक्राउ

ठूलो मात्राको खैरो हिरोइनसहित चार पक्राउ

२ कात्तिक, कञ्चनपुर । प्रहरीले पुनर्वास नगरपालिका –६ बाट ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी लागुऔषध खैरो हिरोइनका कारोवारमा संलग्नलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा पुनर्वास– ४ घ गाउँका दिनेश भट्ट तथा बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खैरो हिरोइन बरामद गरिएको बताए ।

पुनर्वास– ६ ङ गाउँस्थित सडकखण्डमा भारतबाट ल्याइरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हिरोइनसहित चार जनालाई शनिबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय