क्राईम ब्रान्च भयो बिक्री, सीमामा व्यापक तस्करी
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १७:२३:९
३ कार्तिक, बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा अहिले राजश्व छलि शाखाको रुपमा परिणत भएको आभास हुन थालेको छ । सशस्त्र प्रहरीको बीओपी र पर्सास्थित नेपाल प्रहरीको क्राइम ब्रान्च टोलीले दशैंको मुखमा तस्करसँग मोटो रकम बुझेर राजश्व छलीमा मुख्य भुमिका निर्वाह गरेको विभिन्न तथ्य र प्रमाण फेला परेका छन् । नभए दिनदहाडै सीमा नाकाबाट तस्करी कसरी सम्भव हुन्छ भन्ने प्रश्न स्थानीयको रहेको छ ।
आइतवार बिहान करिब ४ बजे तस्करी भई भित्रिएको करिब ५ लाख मुल्य बराबरको लता कपडा बरामद भएपछि जिल्लाको क्राईम ब्रान्चले तस्करलाई संरक्षण दिन नजराना बुझेको खुलासा भएको हो । बरामद भएको मालसमानको तस्करसँग क्राईम ब्रान्चका सई प्रकाश रावतले अलौंका एक युवकलाई प्रयोग गरि रकम बुझेको समाचार स्रोतको दावी छ ।
क्राईम टोलीलाई रकम बुझाउँदा पनि आफ्नो मालसमान पक्राउ गरेको ती तस्करले आरोप लगाएपछि रावतको तस्करसँग साठगाठ उजागर भएको हो । यो त एउटा उदाहरण मात्र हो, सई रावतले तस्करहरुबाट रकम बुझेका अनगिन्ती घटनाहरु रहेको दावी समाचार स्रोतको छ ।अलौंमा क्राईम टोली नपठाउने र जिल्लाबाट पनि टोली नजाने भन्दै रावतले अलौं नाकाबाट तस्करी गर्नेहरुसँग मोटो रकम बुझ्ने गरेको बताइएको छ ।
पर्सा प्रहरीको कमाण्डर एसपी गंगा पन्तले सम्हालेयता केही हदसम्म स्वच्छ छवि प्रस्तुत गरेपनि उनको मातहतकै क्राईम ब्रान्चका सई प्रकाश रावत भने तस्करहरुलाई संरक्षण गर्दै लाखौं रकम उठाईरहेका छन् । पर्साको पहिलो भंसार नाकाको रुपमा रहेको अलौंमा प्रहरीको संरक्षणमा संस्थागत तस्करी भइरहेको दृष्य सर्वसधारणका लागि सामान्य बन्न थालेको छ ।
अलौंमा दिउँसै मटर बोकेको मोटरसाईकलको लाइन भारतीय सीमा कटेको दृष्य जो कसैले पनि सजिलै हेर्न सक्छन् । अलौंमा तस्करबाट रकम बुझन रावतले केही स्थानीयलाई परिचालित गरेको समाचार स्रोतको भनाई छ ।
यतिबेला ६ जना तस्करले भारतबाट लत्ताकपडा, हार्डवेयर , मोटरपार्टस लगायतका समान भित्र्याएर जगरनाथपुरमा ट्रक नै लोडगरि काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा पठाइरहेका छन् । यसैगरी दर्जन भन्दा बढी तस्करहरुको संजालले दैनिक २५ टन केराउ भारततर्फ अवैध चोरी पैठारी गर्ने गरेको स्थानीयले बताएका छन् । तिलावे पुल नजिकै रहेको गोदामबाट केराउ लोड गरि अलौं हुँदै सीमापार हुने गरेको छ ।
स्थानीय प्रशासनले नजराना बुझेको र तस्करहरुले बाहुवलको प्रयोग गरेका कारण डरले दर्शक मात्र भएको एक स्थानीयले सुनाए । राजश्व छलीको यस काममा जिल्लाको क्राईमसँगै स्थानिय सशस्त्र प्रहरीको बीओपीको पनि सहकार्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार