एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा १६ करोड लगानी गर्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २३:५५:४५
३ कात्तिक, काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।
बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशन (IFC)द्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेड ९द्यइद्द० ले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा रु.५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा रु.५ करोड बराबरको लगानी रहेको छ ।
एनएमबी बैंकले प्रदान गर्ने रु १६ करोड बराबरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने छ ।
यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९,८२४ मेट्रिक टन वरावरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ ।
वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडी जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी संझौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।
यस कार्यक्रमवारे जानकारी प्रदान गर्न आयोजना गरिएको भर्चुअल प्रेस बैठकमा बोल्दै Business Oxygen(BO2) का प्रमुख कार्यकारी अधिकृत सिद्धांतराज पाण्डेले भने “यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो । यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुुक भित्र नै कोईलाको विकल्प तयार हुने छ ।
सो अवसरमा बकस रिन्युएवल ईनर्जी प्रा. लि. का अध्यक्ष सन्तोषमणि नेपालले भने “यो परियोजना नेपालको लागि अत्यन्त्य सान्दर्भिक छ ।यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष ईन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने छ । ”
बकस रिन्युएवल ईनर्जी प्रा. लि. का कार्यकारी निर्देशक कुवेरमणि नेपालले “ईन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतमा भएका नाकाबन्दीका कारण नेपालीले जुन दुःख सहनु पर्यो त्यो अत्यन्तै दुःखदायी सम्झना छ र सोबाट पाठ सिक्दै नेपालले आफ्नाे देशमा खेर गईरहेको वायोमास उपयोग गरी नविनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको वताए । ”
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबी बैंकले उक्त सहकार्यसँगको विषयमा आफ्नो धारणा अघि सार्दै भने “कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने लक्ष्य भएको BO2 को लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त गौरवान्वित भएको बताए ।
एनएमबी वैक पार्टनरसीप फर कार्वन अकाउन्टीङ्ग फाईनान्सियलको एशियाबाट प्रतिनिधित्व गर्दै निर्देशक समितिको सदस्य रहेको, गुणस्तरीय बैकिंग सम्वन्धी ग्लोवल एलायन्स फर बैंकिङ अन भ्याल्लूजको सदस्य समेत भएको नाताले व्यवसायिक अवधारणामा नवीकरणीय ऊर्जाका परियोजनाहरू, साना तथा मझौला उद्योगहरु, कृषि व्यवसाय र पर्यावरणीय सुरक्षामा केन्द्रित परियोजनाहरू प्राथमिकता भित्र पार्दै आएको छ ।
यस्ता परियोजनाहरूले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगि विपन्न वर्गको जीवन रुपान्तरण गर्ने छन भन्ने अपेक्षाका साथ भविष्यमा पनि हामी यस्ता थुप्रै परियोजनाहरूमा लगानी गर्ने विश्वास बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार