सस्तो भएपछि एकैदिन बिके ५४० खसीबोका
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १८:५५:३८
४ कात्तिक, काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन ९सोमबार० नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् । हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो ।
अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ । हेटौँडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो रु १० छुट दिएर रु ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रु ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
पाहा मार्ने क्रममा चिप्लिएर युवा बेपत्ता
बैशाख ३१, २०८१ सोमबार
मोहन्यालका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु
बैशाख ३१, २०८१ सोमबार
आईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार