बनेपा नगर बन्याे कोरोना ‘हट–स्पट’
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार १:५१:६
४ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोरोना संक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस संक्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो ।
हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा संक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला संक्रमणमुक्त भएका छन् । नगरका अनुसार संक्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय संक्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना संक्रमण देखिएको हो ।
बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हो ।
यसैबीच, सातादेखि काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार सोमबार ४१ संक्रमित थपिएसँगै जिल्लामा ४८६ महिला र ७९८ पुरुष संक्रमित भएका हुन् । कुल सक्रिय संक्रमित मध्ये सोमबारसम्म धुलिखेलमा ३१ प्रतिशत अर्थात् १७३ छन् । पनौतीमा ६८, पाँचखालमा ३५, नमोबुद्धमा ३७, मण्डनदेउपुरमा ३४, रोशीमा १२ सङ्क्रमित रहेका छन् । भुम्लु र बेथानचोक गाउँपालिकाको एक-एकजनामा संक्रमण देखिएको छ ।
यसैबीच, काभ्रेपलाञ्चोकको १३ मध्ये चार गाउँपालिका कोरोनामुक्त छन् । महाभारत, तेमाल, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । काभ्रेपलाञ्चोकमा हालसम्म आठ पुरुष र छ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये २४९ महिला तथा ४५३ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा।नरेन्द्र झाले जानकारी दिए ।
पोष्टका अनुसार कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष हुन् । हाल सक्रीय सङ्क्रमितमध्ये १५३ अस्पताल र ४१६ होम आइसोलेशनमा उपचाररत छन् । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार