स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १५:५४:९
५ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । उनीहरु वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् ।
खानेपानीका लागि अर्को विकल्प नहुँदा असुरक्षित पानी वर्षौदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताए। “सेतो कपडा लगाउनै हुँदैन”, उनले भने, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई-तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।”
ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ । अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् । खानेपानीको अर्को विकल्प नहुँदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताए । “माथि सतहको पानी पिउन योग्य छैन”, उनले भने, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन् ।”
गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ । “वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भने, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ । पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ ।”
“केही दिन जारको पानी पिउनका लागि प्रयोग ग¥यौँ । हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहुँदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उनले भने, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ । त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ ।” स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार