झापुटारमा खानेपानीको समस्या हट्यो
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार १६:३५:२३
६ कार्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा खानेपानीको समस्या हटेको छ । विगत दुई महिनादेखि एक सय १४० मेगावट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य प्रभावित क्षेत्रको रूपमा रहेको झापुटार र बेलटारका बासिन्दाले खानेपानीको अभावमा चर्को समस्या भोग्दै आएका थिए ।
केही दिनअघि राससमा झापुटारवासीमा खानेपानी समस्या शीर्षकमा समाचार प्रकाशित भएपछि तनहुँ जलविद्युत् आयोजनाको सक्रियतामा अवरुद्ध हुँदै आएको खानेपानी सञ्चालनमा आएको हो । तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या झेल्दै आएका झापुटारवासी मङ्गलबारदेखि भने खुशी भएका छन् ।
लामो समयपछि धारामा पानी आउँदा खुशी लागेको स्थानीय कालीमाया थापाले बताए। “करिब ‘एक÷डेढ घण्टा लगाएर पाटन, बन्चरेलगायत स्थानमा पुगेर पानी लिन जानु पर्ने बाध्यता थियो”, उनले भने, “दशैँमा पानीको जोहो गर्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर धारामा पानी आएसँगै खुशी लागेको छ ।”
आयोजनाले अवरुद्ध बनेको खानेपानी सञ्चालन गरिदिएपछि स्थानीयवासीमा खुशीको सीमा रहेको छैन । विगत लामो समयदेखि धारामा पानी नआउँदा यसपालिको दशैँमा पानी बोकेरै जाने भयो भन्ने सोचेकी थिएँ तर धारामा पानी आएपछि त्यो चिन्ता हटेको अर्का स्थानीय रेखा सिञ्जाली मगरले बताए ।
झापुटारमा निर्माणाधीन आयोजनाले सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको थियो । यसबाट करिब ५०० घरधुरीले खानेपानीको समस्या भोग्दै आएका थिए । “बस्तीदेखि करिब दुई किलोमिटर दूरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको करिब २०० मिटर पाइपमा क्षति हुँदा स्थानीयवासीले खानेपानीको समस्या भोग्नुपरेको जीविकोपार्जन विज्ञ दीपेन्द्र शाहीले बताए ।
“खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरे पनि पर्याप्त मात्रामा पु¥याउन सकेका थिएनौँ”, उनले भने, “निरन्तर प्रयासका कारण दशैँअगावै प्रभावित क्षेत्रका झापुटार र बेलटारवासीको खानेपानी समस्या समाधान गर्न सफल भएका छौँ ।”
आयोजनालाई पटक–पटक स्थानीयवासीले खानेपानी समस्याका बारेमा दबाब दिएपछि धारामा पानी आएको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए । “हामीले आयोजनासमक्ष धेरै माग राखेका छौँ”, उनले भने, “हाम्रा माग क्रमशः पूरा नभए आन्दोलन गर्न पछि हट्ने छैनौँ ।”
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले राखेका माग जायज रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाको बताए । एकै चोटी धेरै माग राखेको हुँदा प्राथामिकताको आधारमा पूरा गर्दै जाने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार