ट्रम्पलाई अब बिदा गर्नु पर्नेमा ओबामाको जोड
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार १:२२:५
६ कार्तिक, वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन। कोरोना भाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अव बिदा गर्नु पर्नेमा जोड दिए ।
पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउन समेत सवैलाई अपिल गरे ।डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरे ।
बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उनीहरुप्रति देशको आर्थिक सुधार र कोरोना भाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उनीहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उनीहरुलाई जिताउनु पर्छ ।”
उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन ।
मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तिव्र भएका छन् भने सभा तथा ¥यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक ¥यालीलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरी खेर फाल्न नहुने टिप्प्णी गरे ।
राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनिकरण गर्न धेरै काम गर्न सक्ने हुदाँ हुदै पनि नगरेको उनको भनाई थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासीला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेबार हुन नसकेको पनि ओबामाले आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार