श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शुक्रबार १८:१२:४८
७ कार्तिक, ललितपुर । बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिँदै छ । खोकना देवता खलमा रहेका ४६ मध्ये १६ जनाले श्रीस्वस्थानी व्रतकथामा आधारित नृत्य मञ्चन गर्ने खोकना श्रीखण्ड भवानी सलाँ जात्रा गुठीका सचिव श्याम महर्जनले बताए ।
उनले भने, “यी ४६ मध्येमा बाँकी रहेका ३० जनाले भने सेतो जामा लगाएर गीत गाउने, भजनकीर्तन गर्ने र बाजा बजाउने गर्छन् ।” भगवान् शिव र माता पार्वतीले भनेको आज्ञा नमानेर छोरा कुमारले घरबाट हिँड्दा बाटामा पाएको दुःख, महाकाली र दैत्यबीच भएको लडाइँ, हनुमान्ले कुमारलाई आपत्मा परेका बेला बचाएको क्षण आदिको सम्झनामा दिनभर नृत्य मञ्चन हुने महर्जनले जानकारी दिए । नृत्यअघि वडाले सरकारी पूजा लाने चलन रहेको वडाध्यक्ष रवीन्द्र महर्जनले बताए । उनले भने , “मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर यस वर्ष पूजा लगी परम्परा धान्ने छौँ ।”
खोकना नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, इन्द्रायणी, हनुमान्, कुमार, शिवपार्वती आदि देवीदेताका कथामा आधारित नृत्य गरिने बताइएको छ ।
विगत वर्षमा घटस्थापनाकादेखि नवमीसम्म मनाइने खोकना नाच र सिकाली जात्रामा यस वर्ष भने सामान्य विधि मात्र हुने भएको छ । शनिबार वीरभद्र र महाकाली जात्रामा राखिएका नौ घ्याम्पो, भगवान्का गरगहना आदि निकालेर प्रसाद ग्रहण गर्ने र रुद्रायणी देवीलाई मन्दिरमा विराजमान गराएपछि खोकना जात्रा सकिन्छ । वडाले दिएको सरकारी पूजा गरेर रुद्रायणी देवीलाई मन्दिरबाट निकाली खटमा राखेर बुधबार बेलुका सिकाली लगिएको थियो । सिकाली जात्रा बिहीबार राति सकिएपछि देवीलाई खटमा बोकेर खोकना ल्याइएको र आज दिनभर लाक्षीमा राखेर शनिबार मन्दिर भित्र्याइने बताइएको छ ।
सिकाली चौरमा बिहीबार विभिन्न तन्त्रमन्त्र गरेर होमका साथै पूजाआजा गरिएको रुद«ायणी गुठीका सदस्य बेखनर महर्जनले बताए । उनले भने, “ बुधबार यहाँको मुख्य खटजात्रा हामीले सम्पन्न गरिसक्यौँ ।” हरेक वर्ष घटस्थापनादेखि खोकनामा सिकाली जात्राका साथै खोकना नाच गर्ने चलन छ । यस पटकको जात्रामा छोरीचेलीलगायत अन्य स्थानका मानिसलाई सहभागी नगराइने भएको छ । सरकारले यहाँका विभिन्न मठमन्दिर, चाडपर्व र मूर्त तथा अमूर्त सम्पदामा असर पर्ने गरी काठमाडौंँ तराई मधेश द्रुतमार्ग तथा स्मार्ट सिटीजस्ता आठ ठूला राष्ट्रिय परियोजना अघि बढाउने काम धमाधम गरिरहेको स्थानीयवासीको आरोप छ ।
काठमाडौँ उपत्यकाकोे प्रारम्भिक मानव बस्ती यहीँबाट शुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथलाई आधा वर्ष राखिने यस स्थान राजा अंशुवर्माले विकसित गराएको खोकनावासीको भनाइ छ । खोकना तोरीको तेल र खुर्सानीका लागि मुलुकभर प्रख्यात छ । खोकना नेपालमा पहिलो पटक बिजुली बलेको ठाउँ पनि हो । दु्रतमार्गका कारण खोकनाका कुदेश र सिकाली मन्दिरमा समेत असर पर्ने जनाउँदै स्थानीयवासीले पटकपटक विरोध गर्दै आइरहेका छन् । सरकारले विभिन्न परियोजना अघि बढाएसँगै आफूहरुले जग्गाको सही मुआब्जा तथा जग्गा बिक्रीवितरण र कित्ताकाट गर्ने अधिकारसमेत नपाएको स्थानीय जनताको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बेलासपुरमा रहेको ऐतिहासिक बेलासपुर मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित
जेठ १, २०८१ मंगलबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार