११ मंसिर २०७८, शनिबार

हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १५:४०


१० कार्तिक, काठमाडौं । हाम्रो टीम नेपालले दशैँको मुख्य दिन सोमबार पनि खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा लगाइदिएको छ । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैँको दिन सर्वसाधारणलाई टीका लगाइदिएको हो ।

कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खाइरहेकाहरुसँग दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनको भनाइ छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा