२२ मंसिर २०७८, बुधबार

कोरोनाको त्रासले कारागारमै टीका लगाएर दशैँ मनाए कैदीबन्दीले

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १९:५७


१० कार्तिक, लमजुङ । लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन् । आज विजयदशमीका दिन कारागारमा रहेका सबैभन्दा बढी उमेरका कैदी ६५ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट सबै कैदीबन्दीले साइतमै टीका लगाएका थिए ।

कोरोना त्रासका कारण कारागारमा विगतमा जस्तो आफन्तहरुलाई टीका लगाउन आउन नदिइएको कारागारका जेलर्स विष्णुप्रसाद पौडेलले बताए । विसं. २०२८ मा स्थापित सो कारागारमा हाल ८१ जना कैदीबन्दी छन् । यीमध्ये ७५ पुरुष र ६ महिला छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा