भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने
नेपालबहस संवाददाता
कात्तिक ११, २०७७ मंगलबार १४:५४:१
११ कार्तिक, दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।
सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।
उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६÷६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बनेका छन ।
सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार