१२ मंसिर २०७८, आईतवार

कांग्रेस पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १०:५०


महामारीमा गण्डकी प्रदेश सरकार र महानगरपालिका गैरजिम्मेवार बनेको कांग्रेसको आरोप

११ कार्तिक, दमक । नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्ने उनकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिइन ।

कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहेका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिन्छन । स्व। रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी हुन । मृतकको शव आज बिहान ११ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैवीच गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहनुभएका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा